कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना गम्भीर घाइते

काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने १ जना गम्भीर घाइते भएका छन् ।

रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयो ।

जिपमा ३ जना सवार थिए । १ जना गम्भीर घाइते छन् । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

मोड्ने क्रममा दुर्घटना भएको भन्ने जानकरी आएपनि थप अनुसन्धान भइरहेको डिएसपी रिमालले बताउनुभयो ।

Back to top button