
बझाङ । बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष सर्जनबहादुर बोहोराको निधन भएको छ।
४१ वर्षीय वडाध्यक्ष बोहराको गएराति आफ्नै निवासमा निधन भएको उहाँका भाइ राजेन्द्रबहादुर बोहोराले जानकारी दिनुभयो।
मुटु सम्बन्धी रोगबाट पीडित बोहरालाई केही दिनअघि उपचारका लागि नेपालगञ्ज लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि घर ल्याइएको थियो।
उहाँ २०७९ साल वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो।