बसको ठक्करबाट एकजनाको मृत्यु, बसमा आगजनी

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका– ३ स्थित नयाँ मंगलबारेमा बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् ।

पूर्वपश्चिम राजमार्गमा पूर्व तर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका हुन् ।

मे १ ख ३०७३ नम्बर बसले प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर बाट स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकको पहिचान खुलन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक दीपक पोख्रेलले बताउनुभयो । बस चालक झापा कनकाई नगरपालिका– ३ का ३२ वर्षीय टंकप्रसाद सुबेदीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

Back to top button