निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय बैठक सुरु

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ । सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेपछि आयोगले सर्वदलीय बैठक बोलाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाएको हो ।

सरकारले आर्थिक वर्ष २०८०–०८१ बाट ७७ वटै जिल्ला निर्वाचन आयोग खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय गरेको छ ।

यसअघि आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर निर्णय फिर्ता लिन ध्यानाकर्षण गराइसकेको छ ।

गत बुधबार संसद बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले निर्वाचन कार्यालय हटाउने सरकारको निर्णयबारे प्रश्न उठाउनुभएको थियो।

Back to top button