रास्वपाले अर्थमन्त्री खोजेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्हरुले अर्थमन्त्री डा.प्रकाशशरण महत खोजेका छन् । प्रतिनिधिसभामा बजेटमाथि छलफलमा रास्वपाका सांसद्हरुले अर्थमन्त्रीको खोजी गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको हो ।

रास्वपाका सांसद्हरुले बजेटमाथिको छलफल हुँदा अर्थमन्त्री पनि हुनुपर्ने आवाज उठाएपछि सभामुख देवराज घिमिरले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।

बैठकमा रास्वपा सांसद् डा.स्वर्णिम वाग्ले बोल्दै गर्दा रास्वपाकै सांसद्हरू सिटबाट उभिएका थिए। अर्थमन्त्री डा.महत भने अहिले राष्ट्रियसभामा बोलिरहनुभएको छ ।

Back to top button