डोजरको ठक्करबाट गल्याङका पूर्ववडाध्यक्ष क्षेत्रीको मृत्यु

स्याङजा । स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्ष बिष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ । आज वडा नम्बर ५ को जोगिमारा काम गरिरहेको जेसिवि अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते हुनुभएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको हो । मृतक क्षेत्रीको शव पोस्टमार्टमका लागि वालिङ गह्रौ प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

क्षेत्री २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्ष बन्नुभएको थियो।

Back to top button