जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको केन्द्रीय विभाग प्रचार प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको बस्नेतले बताउनुभयो ।

जसपाले आगामी असार १० देखि १२ गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ। विधान अधिवेशनमा सहभागी हुने ७ सय ७८ जना प्रतिनिधिको यसअघिको केन्द्रीय समिति बैठकले टुंगो लगाइसकेको छ ।

बैठकमा गएको गत आमनिर्वाचनमा पार्टीभित्र भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाउने नेता प्रदीप यादवले जानकारी दिनुभयो । प्रतिवेदनका आधारमा कारबाही अघि बढाउने उहाँले बताउनुभयो ।

Back to top button