बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनद्वारा सांसद पदबाट राजिनामा

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जोनसनले तत्काल लागू हुने गरी संसदको सदस्यता त्याग्ने निर्णय गर्नुभएको हो ।

जोनसनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उहाँ सांसदको जिम्मेवारीमा कार्यरत हुनुहुन्थ्यो । जोनसन अहिले संसदीय छानबिनको क्रममा रहनुभएको छ ।

संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा छानबिन गरिरहेको छ । अनुसन्धानले जोनसनको राजनीतिक भविष्यमा प्रभाव पार्ने सम्भावना रहेको बताइएको छ ।

जोनसनले संसदलाई गुमराहमा राखेको पाइएमा संसदको विशेषाधिकार समितिलाई १० दिनभन्दा बढीको लागि सदस्यता निलम्बन गर्न सिफारिस गर्ने अधिकार छ ।

Back to top button