पोखरीमा डुबेर जाजरकोटमा २ जना बालकको मृत्यु

सुर्खेत । पोखरीमा डुबेर जाजरकोटमा २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको छ ।

उनीहरू खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको जाजरकोटमा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाई खेल्न गएका थिए ।

उनीहरू डुबेको स्थानीयले देखेपछि १ जनालाई मिसन अस्पताल चौरजहारी र अर्को १ जनालाई जिल्ला अस्पताल जाजरकोट लिइएको थियो । तर, २ जनालाई अस्पताले मृत घोष्णा गरेको प्रहरी निरीक्षक थापा नेपालीले जानकारी दिनुभयो ।

Back to top button