दिक्षान्त समारोह सम्पन्न

स्काउट फ्लेसिप क्याम्प २०८० तथा दिक्षान्त समारोह

शिक्षा निकेतान तथा स्कोलर्स होमको आयोजनामा दुइ दिन एक रातको स्काउट फ्लेसिप क्याम्प २०८० तथा दिक्षान्त समारोह सम्पन्न भएको छ ।

सुन्दरहरैचा ०८ स्थित श्री शिक्षा निकेतन माध्यमिक विद्यालय र सुन्दरहरैचा ०९ स्थित स्कोलर्स होममा रहेका ६४ जना विद्यार्थीहरुलाई सुन्दरहरैचा ०९ स्थित स्कोलर्स होम र राम आधारभुत विद्यालयमा सो क्याम्प आयोजना भएको थियो ।


स्काउट विद्यार्थीहरुलाई एक आपसमा भाइचारा सम्बन्ध कायम गर्दै समुहमा बस्न, अनुशासित रहन र समाजमा विपदमा सहयोग गर्न आवश्यक सिप र ज्ञान प्रदान गरिएको क्याम्पका क्याम्प चिफ स्काउट मास्टर मनोज कार्कीले बताउनु भयो ।

क्याम्पमा विभिन्न ०८ वडा गतिविधि तथा ०४ वडा सेसनहरु रहेको थियो । फ्लेसिप क्याम्प २०८० तथा दिक्षान्त समारोहको समापन समारोह नेपाल स्काउट कोशी प्रदेशका संयोजक रवि खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेशका सदस्यता वृद्धि संयोजक हेमन्त भण्डारी, नेपाल स्काउट कोशी प्रदेश कार्यालयका अधिकृत नवराज घिमिरे, शिक्षा निकेतनका प्रध्यानाध्यापक ठाकुर प्रसाद सुवेदी , स्कोलर्स होमका प्रध्यानाध्यापक तिलक राई लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै शिक्षा निकेतनका प्रध्यानाध्यापक ठाकुर प्रसाद सुवेदीले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान र विपतमा समुदायमा सहयोग गर्ने ज्ञान र सिपदिने बताउनु भयो ।

प्रमुख अतिथी खनालले स्काउट अहिले सबै तिर विस्तार भइरहेको र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा यसको आर्कषण दिनानुदिन वढदै गएको बताउनु भयो ।

समारोहमा दुवै विद्यालयका गरी ६४ विद्यार्थीहरुलाई पहिलो सदस्यता तहको दिक्षान्त समेत गरिएको थियो ।

Back to top button