नेकपा एमाले मोरङको बैठकलाई शुभकामना…

नेकपा (एमाले), मोरङ जिल्ला कमिटीले भोलि २०८० साउन १२ गते विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा आयोजना गरेको बैठकमा परिस्थितिजन्य कारणले सहभागी हुन नसक्ने भएँ । यसर्थ, परोक्ष सहभागिता जनाउँदै बैठक सफलताको शुभेच्छास्वरुप के सन्दर्भ कोट्याउन र केही विषयवस्तुहरू उठाउनु उपयुक्त ठानेको छु ।

मोरङ बाक्लो बसोबास, बढ्दो जनघनत्व, मतदाता संख्या, संघीय र प्रादेशिक निर्वाचन क्षेत्र, व्यापारव्यवसायको प्रवर्धन, प्रादेशिक राजधानी, दक्षिणसँगको एउटा ठूलो नाका, सन्तुलित सीमा सम्बन्ध, कृषि उर्वरता, प्रकृतिजन्य कैयौं वस्तुको उपस्थिति, औद्योगिक उच्चता, मानिसको औसत शिक्षा, शैक्षिक जागरण, संगठित चेतना, यसको नेतृत्वकारी प्रवाहविकास आदिका कारण सर्वाधिक बढी चर्चामा रहने जिल्ला हो । यसकारण पनि यहाँको पार्टी काम वा कुनै पनि गतिविधिले राष्ट्रिय राजनीति र राष्ट्रिय जनजीवनमा तरंग ल्याउनु स्वभाविक हुन्छ । यसमा पनि नेकपा (एमाले) जस्तो जिम्मेवार शक्तिको उपस्थिति र प्रस्तुतिले झनै ठूलो अर्थ र महत्त्व राख्दछ ।

भयावह कोभिड महामारीको बेला यसविरुद्ध निर्धक्क उभिने र निर्भीक ढंगले लड्ने साहसका साथ नेता ऋषिकेश पोखरेलको नेतृत्वमा खडा भएको पार्टीको जिल्ला कमिटीको कार्यावधि पुगअपुग २ वर्ष मात्र हुन लाग्दैछ । जनतन थिग्रिएको सामाजिक र भूराजनीतिक वातावरणलाई राजनीतिक कामसँग उभ्याउनु र राजनीतिक कामको अग्रसरता सँगसँगै गतिशील तुल्याउनु चानेचुने विषय थिएन, अध्यक्ष ऋषिले साँच्चिकै ऋषिमन र निस्वार्थ सक्रियताका साथ यसलाई पूर्णतातर्फ धकेल्न सक्नुभयो ।

मोरङ जिल्लाको पार्टी कमिटी यतिबेला कार्यावधिको अन्तिमअन्तिम संघारमा पुगेको छ । आवधिक जिल्ला अधिवेशनको तयारी सँगसँगै निर्धारित कतिपय कामको अन्तिम टुंगो लगाउनुपर्ने छ । स्थापित कमिटी प्रणालीअन्तर्गत नेतृत्व विकासको प्रक्रियामा नयाँपन खोज्नुपर्ने भएको छ । नयाँपन र तन्नेरीमन भएका तमाम जिम्मेवारबीच परस्पर अन्तरघुलन र सम्मिश्रित शक्ति निर्माणको ध्यान दिनुपर्ने छ । मिसन ८४ को उद्देश्य राखेर हिडेको एमाले पंक्तिसामु थुप्रै चुनौति छन् । चुनौतिका चाङलाई उधिनेर मात्र होइन, उछिनेर अघि बढ्न सक्ने सामथ्र्य विकास युगको आवश्यकता भएको छ ।

 

जनताको बहुदलीय जनवादको समग्र आलोकमा कमिटी प्रणालीलाई कसरी विकासवान् तुल्याउने ? नेतृत्व निर्माणको प्रश्नको निरुपण कसरी गर्ने ? समग्र प्रक्रिया कसरी विकसित गर्ने ? यससम्बन्धी गृहकार्य हुनु अनिवार्य देखिन्छ ।
यसको प्रकाशमा अब यतिबेला के गर्ने ? सोच्न जरुरी छ । आवधिक विषयवस्तुलाई गम्भीरतापूर्वक लिनु जरुरी छ ।

कामको दिशानिर्देश

पार्टी केन्द्रको दिशानिर्देश नै मूलतः जिल्लाको राजनीतिकबैचारिक कामको आधार बन्ने गरेको छ । ऐतिहासिक महत्त्वका साथ सम्पन्न मिसन ग्रासरुट २०७९ को प्रकाशमा पार्टी केन्द्रीय कमिटीले तत्कालका लागि कामका ३ वटा क्षेत्रलाई बढ्ता महत्त्व दियो १) जहाँ नेपाली, त्यहाँ एमाले निर्माणको प्रश्नभित्र उभिएर यसको समाधानस्वरुप आमरूपमा उपलब्ध समुदायमा आधारित पार्टीसम्बद्ध जनसंगठन निर्माण गर्ने, २) निर्मित सबै संघसंगठनमा पार्टीको राजनीतिकबैचारिक मिसनअनुरुप नियमित स्कुलिङ सञ्चालन गर्ने र ३) जनसरोकारका कामको सर्वव्यापकतालाई सर्वाधिक महत्त्वका साथ प्रचारप्रसारमा ल्याउने ।

भदौको दोस्रो हप्ताभित्र पार्टीको कोशी प्रदेश अधिवेशन तय भएको छ, यो आफैंमा एकदमै नजिकैमा छ, राजनीतिक जीवनको घरद्वारमा उभिएको छ, संघारमा छ । माथिल्ला ३ वटा क्षेत्रको काम, कामको प्रभावकारिता र समग्र प्रतिफल प्रदेश अधिवेशनमा देखिनु आवश्यक छ ।

मनोविज्ञान
कम्युनिष्टहरू मूलतः भौतिकवादमा विश्वास गर्छन् । विज्ञानका निष्कर्षहरू प्रयोगसिद्ध सूत्र हुन्, शास्त्र होइनन् भन्ने बुझाइबाट विकसित हुन्छन् । कोराज्ञान अर्थात् अन्धचिन्तनबाट टाढा मात्र होइन, पूर्णतः मुक्त र उन्मुक्त हुन्छन् । खोजबिन र प्रयोगका सन्दर्भमा समाजमा घट्ने प्रत्येक घटनाको क्रमबद्ध अध्ययन र व्यवस्थापनलाई सामाजिक विश्वविद्यालयको रूपमा ग्रहण गर्दछन् । स्वयंमा अद्यावधिक विद्यार्थी हुन्छन् ।

विडम्बना ! विगत निर्वाचनमा हारेको ठाउँमा फलानाका कारणले मैले चुनाव हारेको भन्ने रटान ज्युँकातिहुँ छ, पुरानिएको पनि छैन भने कतिपय ठाउँमा, जहाँ चुनाव जितिएको छ, जितेको ठाउँमा पार्टी काम त अब जनप्रतिनिधिले गर्ने हो भन्ने ग्रस्त बुझाइ छ । जनप्रतिनिधिबाट सोहीअनुरुप कामको अपेक्षा गरिएको छ । यो दुबै बुझाइ गलत हो, अनापेक्षित हो र यसमा सामञ्जस्यता जरुरी छ ।

विद्यमान स्थिति
हाम्रा संगठनात्मक कामहरू चुनावदेखि चुनावसम्मका लागि मात्र हो कि जस्तो भएको छ । आधारभूत समुदायमा आधारित काम उठ्न सकेको छैन, भएको पनि छैन । फलतः राजनीतिक कामको पहुँच र पकडमा नआएको स्थानीय मानिसका पीडा सुनिदिने ठाउँथलाको अभाव खड्कने स्थिति विकास भएको छ ।

नक्कली शरणार्थीको केस होस् वा ललिता निवास प्रकरण ! वा पछिल्लो सुनकाण्ड ! यी सामाजिक सरोकारका विषय हुन् । सामाजिक सरोकार विषय प्राप्ति वा विरोधस्वरुप सडक आन्दोलनका प्रतिकात्मक कार्यक्रमहरू छैनन् ।

जनसरोकारका विषयवस्तुहरूको पहिचान र पहिचानको आधार विकास हुन सकेको छैन । राजनीतिक संगठनले उसको राजनीतिक पहिचान सहितको ब्यानरमुनि उठाउनुपर्ने काम, कैयौं मुद्दामामिला र सामुदायिक एवम् सामाजिक संघसंगठनले उठाउनुपर्ने कामको परिचय एउटैएउटै हुँदै गएको छ । पृथकता नामेट हुँदै गएको छ । चामलबाट बियाँ छान्ने कि बियाँबाट चामल छान्ने ! निफन्ने के हो ? द्विविधा छ । समुदायमा आधारित भूमिकाबाट पार्टी कमिटी र सम्बद्ध कामको संगठनात्मक प्रणालीलाई उठाउन सकिएको छैन । समुदायको साझा सरोकारमा आधारित मुद्दामामिला बोक्ने कोही छैन ।

किसानका समस्यामा किसान पंक्ति जाग्दैन, महिलाका समस्यामा महिला संघ जाग्दैन, मजदुरका समस्यामा मजदुर संघ बोल्दैन, युवाका समस्याविरुद्ध युवा सडकमा आगो ओकल्दैन भने जसले समस्याबारे बोल्छ, कुरा ओकल्छ र कोरल्छ, त्यहिँ जमघट हुनुलाई स्वभाविक ठान्नुपर्छ । हो, यहिँनेर नवोदित व्यक्ति वा शक्तिहरू विभिन्न नाउँमा उभिइरहेका छन् । जनमानसमा सूर्यका अघिपछि लठ्ठि, घण्टी आदि भनियो भने त्रास छ तर सूर्यसम्बद्ध शक्ति भूमिकाविहिन भएपछि चोट लागेको बेला मल्हमपट्टि लगाउन तयार घण्टी, लठ्ठि आदिकै नजिक पर्नुको विकल्प रहँदैन ।
यदाकदा स्थानीय कमिटी होल्ड गर्ने र भविष्यमा मेयर पड्काउने सौदा सुरु भएको छ ।

चुनाव जित्ने मूल्यमा संगठन कस्तो बनाउने ? कसरी बनाउने ? भन्ने होइन बरु अब को उपमेयर हुने ? कोको वडाध्यक्ष हुने ? ध्याउन्नमा राजनीतिक सत्ताकब्जाको खेल आरम्भ भएको छ । यसले पनि राम्रो गरेको छैन । हुनेखानेले मात्र राजनीति गर्ने त ? पटकपटक तिनले मात्र अवसर लिने त ? कहिल्यै केही नपाएकाले के पाए त ? किन संगठन गर्ने ? कसका लागि गर्ने ? बग्रेल्ती प्रश्न उठ्ने गरेका छन् ।

जुवाँको खालमा बसेको जुवाडे जस्तो घरिघरि झोंक सार्वजनिकीकरण गर्ने, आफूअनुकूलको जमघट गर्ने र समुहबन्दी निर्माण गर्ने काम आरम्भ भएको छ । चुनाव जित्ने मूल्यमा संगठन कस्तो बनाउने ? कसरी बनाउने ? भन्ने होइन बरु अब को उपमेयर हुने ? कोको वडाध्यक्ष हुने ? ध्याउन्नमा राजनीतिक सत्ताकब्जाको खेल आरम्भ भएको छ । यसले पनि राम्रो गरेको छैन । हुनेखानेले मात्र राजनीति गर्ने त ? पटकपटक तिनले मात्र अवसर लिने त ? कहिल्यै केही नपाएकाले के पाए त ? किन संगठन गर्ने ? कसका लागि गर्ने ? बग्रेल्ती प्रश्न उठ्ने गरेका छन् ।

गएको निर्वाचनताका जसजसले जे जे अपराध गरे, आपराधिक क्रियाकलापमा नग्नतापूर्वत संलग्न रहे, हाकाहाकी असहयोग र अन्तरघात गरे, तिनीहरूप्रति अन्देखी भएको भएको कुराले तलतलसम्म कहिल्यै केही नपाएका, कम्युनिष्ट आन्दोलनप्रति समर्पित सोझा, सिधा, इमान, निष्ठा र अनवरत लगन भएका कार्यकर्ताको मन पोलेको छ । यथोचित् कारबाही, उपयुक्त दण्ड र सान्तवनास्वरुप पुरस्कारको न्युनतम व्यवस्था हुनुपर्ने विषय बग्रेल्ती उठेको छ । बेला न कुबेला यत्रतत्र घण्टी बजेर होइन, वस्तुतः कतिपय यस्ता कारणले पनि सदस्यता नवीकरण प्रभावकारी नभएको कुरालाई नेतृत्वले गम्भीरतापूर्वक शीरोपर गर्नुपर्छ ।

तलको यथार्थ
जिल्ला कमिटीको नेतृत्व आधारित पालिकामा पालिका कमिटीको नियमित मिटिङ बैठक बस्दैन भने, आफू जिल्ला कमिटी सदस्य संलग्न भएको बैठकले लिए गरेका फैसाला कार्यान्वयनमा तलको भूगोल र भूमिका सुहाउँदो योजना बन्न सक्दैन, बनाउन सकिँदैन भने, स्थानीय स्तरमा सदस्यता नवीकरण चाहेका सदस्यको पनि सदस्यता नवीकरण हुँदैन भने त्यो दिशा र दर्शा निर्माण हुनुमा निर्णयकर्ता जिल्ला कमिटी सदस्य जवाफदेही हुने कि नहुने ? स्वयंमा यो नेतृत्वको योग्यता हो कि अयोग्यता ? अनुत्तरित प्रश्नको उत्तर बन्न जरुरी छ ।

गएको संघीय र प्रादेशिक चुनावको परिणाम अपेक्षित ढंगले हात लागेन । असहयोग, अन्तरघात, कुण्ठा आदि विभिन्न कारणले चुनावको प्ररिणाम अनापेक्षित रह्यो होला ! तथापि, ६ वटा संघीय निर्वाचन क्षेत्रमा एउटा सिटबाहेक अरु सबै फुत्कियो । प्रदेशको पनि हालत यस्तै रह्यो । एकजना मात्र प्रदेशमा जिताउन सकेको भए एमाले नेतृत्वको सरकार ५ वर्षसम्म ढुक्कसँगले जाँदो रहेछ भन्ने त अहिले दर्र्शिएको छ त । य सबैखाले दृश्यचित्र हाम्रासामु छँदाछँदै मतदातासँग हाम्रो सम्बन्ध कस्तो छ ? अर्को सर्वेक्षण गर्नुपर्छ र ? पर्दैन । यो नै हो हाम्रो आजको हविगत । यो हविगत सुधार्ने बृहत्तर योजना निर्माण र कार्यान्वयनमा एकमना एकरुपताका साथ लागिएन भने मिसन ८४ अर्थात् ५० प्लस १ प्राप्त होला ! अहिलेको हाम्रो साझा अभियान कहाँ पुग्ला ! घोत्लन जरुरी छ ।

राजनीतिक बजार
यस्तो हुण्डर सिर्जना गर्न खोजिएको छ । यसले एकातिर पुराना पार्टीको काम छैन, पुराना नेताको काम छैन, पुरानोपनको काम छैन भन्छ तर ७८ वर्षको मोदीको गुन गाउछ, ६८ वर्षको सि जिङ फिङको चर्चा चुल्याउछ ।

तिनीहरूभन्दा दशक हाराहारी कान्छो हाम्रो राजनीतिक उपस्थिति र नेतृत्वलाई धारे हात लगाएर गालीगल्लौज गरेको हामी सुनेर बस्छौँ, सुन्ने मात्र होइन यदाकदा तिनको होमा हो थप्छौँ । निरुत्साहित तुल्याउनुपर्ने, प्रतिवाद गर्नुपर्ने तर अझ बढ्ता उत्साहित तुल्याउन कुनै न कुनै ढंगले योगदान गरिरहेका हुन्छौँ । एमाले मात्र यस्तो पार्टी हो, जसले कमिटी निर्माण र नेतृत्व विकास प्रक्रियाअन्तर्गत अनिवार्य ३० प्रतिशत युवा सहभागिताको वैधानिक व्यवस्था गरेको छ भनेर भन्न सक्दैनौँ । सक्नुपर्छ । डटेर मुकाबिला गर्नुपर्छ । जितेका ठाउँमा सुशासनको अनुभूति दिन र पूर्ण प्रत्याभूति गराउन सक्नुपर्छ । बरु यसनिम्ति सबैको खबरदारी र सबैको सहयोगी भूमिका आवश्यक छ ।

जिम्मेवारी
बजारको यो हल्ला चिर्न बजार नै लिनुपर्छ भन्ने छैन । आमसञ्चारको रूपमा प्रयोगमा आएको सामाजिक सञ्जाल, फेसबुक, ट्युटर, ह्वाट्सएप आदिमा हाम्रो पहुँच बढाउनु जरुरी छ । आमसञ्चारलाई पनि हाम्रो आवश्यकता र अनुकूलताका आधारमा मिसन पत्रकारिताको रूपमा प्रयोग गर्न सकिन्छ, गरौँ ! हामी प्रायशः फेसबुकमा जोडिएका छौँ ।

 

यसमा आफ्नो अनुहार मात्र होइन, आफ्ना पीरमार्का र बिलौना मात्र होइन, आशक्ति र विरक्ति मात्र होइन, बरु आफू संलग्न पार्टीको राजनीतिक र राजकीय भूमिका स्थापित गर्न यी सामाजिक सञ्जालमार्फत सामग्री सार्वजनिक गर्न सक्छौँ, नेतृत्वविरुद्धको अफवाह चिर्न सक्छौँ, नेताद्वारा लिखित राजनीतिक बैचारिक लेखरचना र कतिपय विषयोपर प्रकाशित साक्षतकारलाई सेयर गरेर पनि यसतर्फ आकर्षणता बढाउन सक्छौँ । मुद्दामा आधारित सामाजिक बहस आरम्भ गर्न सक्छौँ ।

कुनै न कुनै माध्यमलाई आन्दोलनका रचनात्मक र प्रतिकात्मक बनाऔँ ! कमिटी निर्माणमा टिपनटापन विधिबाट होइन, लोकतन्त्रमा यसको सर्वस्वीकार्यतातर्फ ध्यान दिऔँ !

कुनै न कुनै माध्यमलाई आन्दोलनका रचनात्मक र प्रतिकात्मक बनाऔँ ! कमिटी निर्माणमा टिपनटापन विधिबाट होइन, लोकतन्त्रमा यसको सर्वस्वीकार्यतातर्फ ध्यान दिऔँ !

यो सबैको उद्भव, उत्खनन्, आरम्भ र विकासको गति निर्धारण पठनपठान, अध्ययनमनन र चिन्तन विकासले मात्र गर्न सक्छ । यसनिम्ति राजनीतिक बैचारिक उद्देश्यमा आधारित प्रशिक्षण जरुरी छ । प्रशिक्षण भाषणकलामा होइन, विषयगत हुनुपर्छ । विषयभित्र पनि सस्याना शीर्षक उपशीर्षकमा छिर्न सक्नुपर्छ । हामी किन कम्युनिष्ट ? कम्युनिष्टहरू किन प्रगतिशील हुन्छन् ? किन भौतिकवाद अनिवार्य र सर्वस्वीकार्य विज्ञान हो भन्छन् ? हामी र अरु प्रतिस्पर्धी दलबीच फरक केमा छ ? अग्रगामी, पश्चगामी, प्रतिगामी, जनवादी आदि आदि भनेको के हो ? नेपाली समाजको चरित्रमा आधारित वर्ग विश्लेषण के हो ? जनताको बहुदलीय जनवाद र यसको सांस्कृतिक पक्ष, बहुलतामा आधारित सामाजिक चरित्र निर्माणको पक्ष के हो ? जस्ता विषयोपरमा खँदिलो स्कुलिङ आवश्यक छ ।

 

हाम्रो नेतृत्वको सरकारका समय हाम्राविरुद्ध प्रयोग गरिएको अस्त्र पहिचान थियो, यसनिमित्त सुरु गरिएको पहिचान पक्षधर उपद्रव शक्तिको पछिपछि कतिपय ठाउँमा हाम्रा साथीहरू नजिकनजिकै उभिएजस्तो उभिने दिन नआउलान् भन्न सकिँदैन ।

Back to top button