माओवादीको पदाधिकारी बैठक भोलि फेरि बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनु भयो।

पदाधिकारी बैठकले साउन १७ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बुझिएको छ ।

Back to top button