माओवादीको केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक बस्ने भएको छ। माओवादीको केन्द्रिय कमिटी बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने भएको हो।

केन्द्रीय कमिटी बैठकअघि बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीले पार्टी अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गर्नेछ।

अध्यक्ष प्रचण्डले ती दुई प्रतिवेदनलाई एउटै प्रतिवेदनका रूपमा पेस गर्ने महासचिव गुरूङले जानकारी दिनु भयो।

Back to top button