माओवादीको केन्द्रिय समिति बैठक जारी

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ । हिजो देखि सुरु भएको बैठक आज बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बैठक सुरु हुने भएको हो।

हिजोदेखि सुरु भएको बैठकमा पहिलो दिन १८ नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि धारणा प्रस्तुत गरेका छन् ।

बैठकमा नेताहरूले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् ।

पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेको थिए ।

Back to top button