आज पनि माओवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ। आज पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी रहनेछ। प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुनेछ।

आज पनि बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आज पनि जारी रहनेछ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकको पहिलो दिन बुधरबार प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।

पहिलो दिन नाम टिपाएका ७४ जनामध्ये २० जनाले धारणा राखेका थिए। बाँकी रहेकाले हिजो धारणा राखेका थिए।

Back to top button