माओवादी केन्द्रिय समितिको बैठकको आज अन्तिम दिन , अध्यक्ष दाहालले जवाफ दिने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिने भएको छ । साउन १७ गते देखि सुरु भएको बैठक आज पार्टी अध्यक्ष दाहालले जवाफ दिए संगै सकिन्ने भएको हो।

चार दिनसम्म चलेको बैठकमा २२१ जनाले बैठकमा धारणा राखेका छन् । आज नभ्याउन बाँकी सदस्यको धारणा लिखितरुपमा लिने गरी आजै बैठक सक्ने तयारी भएको हो ।

बैठकमा केन्द्रीय समिति सदस्य, वैकल्पिक सदस्य, केन्द्रीय आयोग र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् ।

यसै बैठकबाट माओवादी ले २२ जना केन्द्रीय सदस्य थपेर महिलाको संख्या ३३ प्रतिशत पुर्‍याएको छ ।

Back to top button