माओवादी केन्द्रले गर्यो पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ। हाल जारी रहेको नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्नु भएको छ। माओवादीले जिम्मेवारी हेरफेर गरेर बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मालाई जिम्मेवारी दिएको हो।

त्यस्तै ,अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ भने सचिव देवेन्द्र पौडेल लाई मधेश प्रदेश , डिलाराम आचार्यलाई सुदूरपश्चिममा , मातृका यादव लाई लुम्बिनी , लिलामणि पोखरेललाई कोशी र चन्द्रप्रकाश खनाललाई कर्णाली प्रदेशको इन्चार्जको दिएको हो।

Back to top button