माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्तारूढ नेकपा (माओवादीकेन्द्र) संसदीय दलको बैठक बस्ने भएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने सांसद माधव सापकोटाले जानकारी दिनु भएको हो।

संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार सकिएको केन्द्रीय कमिटीको निर्णयहरूको जानकारी गराउने तयारी रहेको छ ।

त्यस्तै, बैठकमा संसदीय समितिका सभापतिबारे पनि छलफल भइरहेको सापकोटाको भनाइ छ।

Back to top button