अन्तर विद्यालय पौडी प्रतियोगिता एभरेष्टमा सम्पन्न

विराटनगर । विराट स्वीमिङ ट्रेनिङ स्कुल विराटनगरले आयोजना गरेको अन्तर विद्यालय पौडी प्रतियोगिता विराटनगर–५ स्थित एभरेष्ट कलेजको ‘स्वीमिङ पूल’ मा सम्पन्न भएको छ ।

आज भएको प्रतियोगितामा विराटनगर र धरानका गरि १३ वटा विदालयले सहभागिता जनाएका थिए । विराटनगरका ८ र धरानका ५ विद्यालयका विद्यार्थीले प्रतियोगितामा भाग लिएका हुन् ।

विभिन्न १४ वटा विधामा भएको प्रतियोगितामा एभरेष्ट स्कुलका रितिक कार्की दुई विधामा प्रथम हुनुभएको छ । कार्की ५० मिटर फ्रि स्टाइल र १०० मिटर फ्रि स्टाइलमा प्रथम हुनुभएको हो । ब्रेष्ट स्ट्रोकको तीन विधामा लिलिपुट स्कुलका सौर्य सिग्देल प्रथम हुनुभयो ।महिला तर्फको फ्रि स्टाइलमा डिपिएस स्कुलकी आशिया पोद्दार दुई विधामा प्रथम हुनुभयो ।

१०० मिटरको फ्रि स्टाइलमा एभरेष्ट स्कुलका कार्की प्रथम हुँदा श्री श्री रविशंकर स्कुलका जिप्सन लामा दोस्रो र एभरेष्ट स्कुलका साइरस मिश्र तेस्रो हुनुभयो । ५० मिटरमा कार्की प्रथम हुँदा एभरेष्टकै राजित श्रेष्ठ प्रथम र साइरस मिश्र तेस्रो हुनुभयो । ४०० मिटरमा सार्थक श्रेष्ठ प्रथम, साइरस मिश्र दोस्रो र रोजित श्रेष्ठ तेस्रो हुनुभयो ।

यस्तै १५ सय मिटरमा जिप्सन लामा प्रथम हुँदा साइरस मिश्र दोस्रो र इमोन लामा तेस्रो हुनुभयो । दुई सय मिटर ब्रेस्ट स्ट्रोकमा लिलिपुट स्कुलका सौर्य सिग्देल प्रथम, एभरेष्ट स्कुलका इमोन लामा दोस्रो र एभरेष्टकै धावा तामाङ तेस्रो हुनुभयो ।

१०० मिटर ब्रेस्ट स्ट्रोकमा पनि लिलिपुटकै सौर्य सिग्देल प्रथम हुँदा श्री श्री रविशंकर स्कुलका जिप्सन लामा दोस्रो र एभरेष्ट स्कुलका इमोन लामा तेस्रो हुनुभयो । ५० मिटर बेष्ट स्ट्रोकमा पनि सिग्देल नै प्रथम हुनुभयो भने विकेभिएम स्कुलका प्रान्जल बराल दोस्रो र एभरेष्ट स्कुलका धावा तामाङ तेस्रो हुनुभयो ।

५० मिटर फ्रिस्टाइल गल्स तर्फ डिपिएस स्कुलकी आशिया पोद्दार प्रथम हुनुभयो भने एभरेष्ट स्कुलकी युदेन लामा दोस्रो र सेन्ट म्यारी स्कुलकी युजी रायमाझी तेस्रो हुनुभयो । दुई सय मिटर फ्रि स्टाइलमा पनि पोद्दार नै प्रथम हुनुभयो । एभरेष्टकी लामा दोस्रो र सेन्ट म्यारीकी रायमाझी तेस्रो हुनुभयो ।

५० मिटर ब्याक स्ट्रोकमा एभरेष्टका ओनश प्रधान प्रथम, इमोन लामा दोस्रो र धावा तामाङ तेस्रो हुनुभयो । ८ वर्ष मुनिको जुनियर २५ मिटर ब्याइज तर्फ एभरेष्टका स्वराज नेपाल प्रथम, धरान स्कुलका आरब कट्वाल दोस्रो र एभरेष्टका प्रणव भट्टराई तेस्रो हुनुभयो । १० वर्ष मुनिको जुनियर २५ मिटर तर्फ आरोध्य पाण्डे प्रथम, प्रनभ दाहाल दोस्रो र आरभ घिमिरे तेस्रो हुनुभयो ।

२५ मिटर फ्रि स्टाइल गल्स तर्फ एभरेष्टकी अभिलाषा भगत प्रथम, लिलिपुटकी निर्जला कार्की दोस्रो र एभरेष्टकै आस्ना कट्वाल तेस्रो हुनुभयो । १५ मिटर जुनियर फ्रिस्टाइल गल्स तर्फ किड्स स्कुलकी नाविया बाहेती प्रथम र लिलिपुटकी सिवांशी पराजुली दोस्रो हुनुभयो ।

एभरेष्ट स्कुलको सहयोगमा आयोजित प्रतियोगितामा विजयी खेलाडीलाई एभरेष्ट कलेजका भाइस प्रिन्सिपल नारायण कडरीयासहित आयोजक संस्थाका सदस्यले पुरस्कार वितरण गर्नुभएको आयोजक संस्थाका अध्यक्ष तथा प्रतियोगिताका रेफ्री इन्द्रजित राजभण्डारीले जानकारी दिनुभयो ।

Back to top button