
विराटनगर । विराटनगरमा रहेको आरोहण-गुरूकुल नाटक घरको आयोजनामा ‘विराटनगर विद्यालय नाटक महोत्सव २०८०’ सुरू भएको छ ।
यस अघि २०७६ र २०७९ सालमा आयोजना गरिएको विद्यालय नाटक महोत्सवको तेस्रो संस्करण आज बाट सुरू भएको हो ।
महोत्सवको बिषयमा जानकारी दिदै गुरूकलका महासचिव विवश पोखरेलले महोत्सवमा विराटनगरका ९ वटा विद्यालयले नाटक प्रदर्शन गर्ने बताउनुभयो ।
साउन १४ देखी साउन ३१ गते सम्ममा आवेदन अनुसार ९ वटा विद्यालयलाई नाटक प्रदर्शन गर्न छनोट गरिएको पोखरेलले जानकारी दिनु भएको हो ।
महोत्सवमा नाटक प्रदर्शन गर्ने ९ वटा विद्यालयको मध्येबाट एक उत्कृष्ट नाटक , उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीलाई पुरस्कार प्रदान गर्ने गुरूकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनु भयो ।
विभिन्न विधामा उत्कृष्टमा प्रदर्शनको छनोट गर्नलाई रंगकर्मी खेम नेपाली , कवि सुमन पोखरेल र रंगकर्मी सुनिता घिमिरेको निर्णायक समिति गठन गरिएको उहाँले बताउनु भयो ।
आज महोत्सवको उद्धाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गर्नुभएको थियो भने पहिलो दिन भरत कार्कीको निर्देशनमा रामभरोस कापडी ‘ भाम्रर ‘ले लेख्नुभएको ‘नेता जी’ को प्रदर्शन गरिएको थियो ।