मदन भण्डारीले सारेका विचार पुरानो भएको छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारीले सारेका विचार पुरानो नभएको बताउनुभएको छ ।

आज एकीकृत ट्रेड यूनियन महासंघको कार्यक्रममा उहाँले जबजले कम्पिटिसनमा विश्वास गरेको र मदन भण्डारीको विचार अहिलेपनि समय सान्दर्भिक भएको बताउनुभयो । उहाँले अधिनायकवाद भनेर सबै तह लगाउँदै गएपनि अब त्यस्तो नहुने बताउनुभयो।

उहाँले भन्नुभयो,‘लागेपछि जितिन्छ। मेहनत गरेपछि परिणाम प्राप्त हुन्छ। प्रतिस्पर्धाको राजनीतिलाई जवजले अगाडि बढाएको छ। जनवादी क्रान्तिको फेज सकियो अब, समाजवादी क्रान्तिको फेजमा हामी पुगिसकेका छौं। यहाँ पनि प्रतिस्पर्धा हुन्छ।’

उहाँले आफ्ना विचार ठिक भन्न तथ्यले पुष्टि गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । झलनाथ खनाललाई लक्षित गर्दै नेपालले एकीकृत समाजवादी अगाडि नबढ्नुमा कांग्रेस अहिले समस्या नभएको र एमाले समस्या भएको बताउनुभयो।

उहाँले पार्टी अगाडि नबढ्नुमा सबैभन्दा ठूलो समस्या एमाले र केपी शर्मा ओली भएको दाबी गर्नुभयो। ओलीको प्रवृत्ति नपन्छाएसम्म संगठन र राजनीति अगाडि नबढ्ने उहाँको भनाई छ। राजनीतिलाई अगाडि बढाउन सरकार सहि दिशामा हिँड्नुपर्ने नेपालले बताउनुभयो।

Back to top button