जोकोभिचलाई २४औं ग्राण्ड्सलाम उपाधि

काठमाडौं । यस वर्षको अन्तिम ग्राण्ड्सलाम टेनिस यूएस ओपनको उपाधि जित्दै नोभाक जोकोभिचले २४औं उपाधिको कीर्तिमान बराबरी गरेका छन् ।

३६ वर्षीय जोकोभिचले सोमबार बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसियन ड्यानिएल मेदभेदेवलाई ६-३, ७-६ (७-५), ६-३ ले पराजित गर्दै यूएस ओपनको उपाधि जिते ।

यो उनको करियरको २४औं ग्राण्ड्सलाम उपाधि हो । यो उपाधिपछि जोकोभिचले मारगरेट कोर्टको नाममा रहेको २४ ग्राण्ड्सलाम उपाधि जित्ने कीर्तिमान बराबरी गरेका छन् ।

Back to top button