राजस्थानमा बसलाई ट्रकले ठक्कर दिंदा ११ जनाको मृत्यु

भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो ।

जयपुर–आगरा सडक अन्तर्गत नदबई इलाकाको हन्तरा पुलमा आज बिहान बस बिग्रिएर रोकिएको थियो । त्यही बेला पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ महिला र ५ पुरुष छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार जारी छ ।

Back to top button