एभरेष्ट स्कुल अन्तर स्कुल बास्केटबलको फाइनलमा प्रवेश

विराटनगर। विराटनगर – ५ स्थित एभरेष्ट स्कुल विराटनगरमा जारी अन्तर स्कुल बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल खेलमा विराटनगरकै सगरमाथा स्कुललाई पराजित गर्दै एभरेष्ट फाइनल प्रवेश गरेको हो । मंगलबार एभरेष्ट स्कुलमा भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट स्कुलले सगरमाथा स्कुल विराटनगरलाई २८–१६ अंकले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच एभरेष्ट स्कुलका अक्षत मण्डल घोषित हुनु भयो ।

उपाधिका लागि एभरेष्टले शुक्रबार हुने पोखरीया र विकेभिएम स्कुलबीचको सेमीफाइनल विजेतासँग प्रतिष्पर्धा गर्ने छ । समूह चरण पार गर्दै एभरेष्ट, समगरमाथा, विकेभिएम र पाेखरीया स्कुल अन्तिम चारमा पुगेका थिए।

विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको प्रतियोगितामा ८ वटा स्कुलले सहभागिता जनाएका थिए।

Back to top button