
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ। आज कारोबारको पहिलो दिन नेपाली सेयर बजार परिसूचक नेप्से ४२.१४ अंकले घटेको छ।
आजको दिन बजारमा ५६ लाख ५९ हजार ४५८ कित्ता शेयरको खरिदबिक्री हुदाँ २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६१० रुपैयाँको कारोबार भएको छ । अघिल्लो साताको कारोबारभन्दा आज कारोबार रकम बढेको छ ।