
काठमाडौं । असोज ८ र ९ गते काठमाडौंमा हुने नेकपा एमाले बागमती प्रदेश अधिवेशनका लागि नेकपा एमाले रामेछापले सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ।
८ पालिका रहेको रामेछापमा एमालेले सर्वसम्मत प्रदेश अधिवेशनको लागि प्रतिनिधि चयन गरेको हो। एमालेले रामेछापले ८१ जना प्रतिनिधि पठाएको छ।
खाँडादेवी गाउँपालिकाबाट सिफारिस हुनुभएका कैलाश ढुंगेल प्रदेश अध्यक्षको बलियो दाबेदार हो । केन्द्रीय सदस्यसमेत रहेका ढुंगेलले २०३८ सालबाट कम्युनिष्ट पार्टीमा काम सुरू गर्नुभएको थियो । उहाँ २०४८ बाट लगातार तीन पटक पार्टी सचिव र २०६६ मा जिल्ला पार्टी अध्यक्ष भइसक्नु भएको छ।