रुपन्देहीमा कुटपिटबाट एक युवकको मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। गएराति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यलयलका प्रहरी निरीक्षक किशोर केसीका अनुसार २ समूहबीच झडप भएको थियो । झडपमा परी ३ जना घाइते भएका छन् । प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको मेडिकल कलेजमा उपचार भइरहको छ।

Back to top button