कोशी प्रदेशमा मनाइयो संविधान दिवस

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रम सम्पन्न भएको छ । आज कार्यलयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा संविधान दिवसको कार्यक्रम सम्पन्न भएको हो ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले संविधानको अक्षरश पालना भएमा मात्र संविधानले सार्थकता पाउने बताउनु भएको थियो । मुख्यमन्त्री कार्कीले संविधानले जनताको हक अधिकारको प्रत्याभूति गरेकोमा राजनितीक नेतृत्वले त्यसले सनिश्चत गरेको कुरालाई अनुसरण गरेमा संविधानले सार्थकता पाउने बताउनु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यन्यायधिवक्ता चूडामणि आचार्यले संविधानको चुनौती र अवसर बिषयक कार्यपत्र समेत पेश गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ , कोशी प्रदेश सभाका उपासभामुख सिर्जना दनुवार , प्रतिनिधी सभाका लेखा समिति सभापति ऋषिकेश पोखरेल , प्रदेश सभाका सदस्यहरू , नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारी तथा प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

Back to top button