आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी

काठमाडौं । ​आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका स्वकीय सचिव झिल खिम्बुले अहिले वार्ता भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार वार्तामा गृहमन्त्री, शिक्षामन्त्री र नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी छन्। अहिलेसम्मको वार्ता सकारात्मक नै रहेको उहाँले जानकारी दिनुभयो। ‘वार्ता सकारात्मक नै भइरहेको छ। सम्भवतः सहमति जुट्छ’, उहाँले भन्नुभयो।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध असोज ३ गतेदेखि देशभरका शिक्षक आन्दोलित छन्। सामुदायिक विद्यालयको पठन–पाठन नै बन्द गरेर आज पनि उनीहरू आन्दोलनमा सहभागी हुँदै छन्।

यस्तै, यसअघि बुधबार र बिहीबार पनि उनीहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए।

Back to top button