घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Back to top button