सुनको मूल्य घट्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख १२ हजार एक सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ५ सय ५० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।

Back to top button