आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित नभएको बताउनुभएको छ ।

आज काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यालय शिक्षासम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थाले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले गर्न नसक्ने समेत बताउनुभयो।

शिक्षाको जिम्मेवारी स्थानीय तह दिँदा कसरी उपयोग गर्ने कुरामा मात्र सीमित हुन सक्ने अवस्था बन्न सक्ने भएकाले प्रश्न उठ्न सक्ने उहाँले बताउनुभयो।

नेता नेपालले अधिकारको विकेन्द्रीकरणको कुरा सोचेर पालिका तहमै माध्यमिक तहसम्मको अधिकार दिएको भन्दै अहिले नै संविधान संशोधन हुने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाँले सडकमा उत्रेका शिक्षकहरूको जायज मागलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने जिकिर गर्नुभयो।

अध्यक्ष नेपालले अहिले आन्दोलनको उपलब्धी कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै भष्टाचार कमिसनतन्त्र,ढिलासुस्ती लगायतको व्यापक विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो।

Back to top button