माओवादीका पूर्वकेन्द्रीय सदस्य कुलानन्द गिरी एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य कुलानन्द गिरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेता गिरी एमाले प्रवेश गर्नुभएको हो ।

गिरी माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका सहपाठी हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीले रोल्पास्थित त्रिवेणी गाउँपालिकाको माओवादीले अध्यक्षको टिकट नदिएपछि गिरी बागी उम्मेदवार बन्नुभएको थियो ।

राजनीतिक जीवन पनि सँगसँगै सुरु गरेपनि महराले राजनीतिमा फड्को मारेर पटक–पटक मन्त्री र सभामुख पद पाउँदा पनि उहाँले माओवादीबाट कुनै पद नपाउँदा असन्तुष्ट बन्नुभएको थियो।

यस्तै, गिरीसँगै सानुमाया मगर पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

Back to top button