
काठमाडौं । आयोजक राष्ट्र चीनले आज एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ।
महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो। ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जित्नुभएको हो ।
जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६ दशमलव ७८ सेकेण्डमा उज्बेकिस्तानकी लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभाले करिब १० सेकेन्ड पछि पार्नुभएको थियो। ताग्माटिभाले रजत पदकमा नै चित्त बुझाउनुपर्यो भने इन्डोनेसियाका चेल्सी कर्पुट्टी र रहमा मुतियारा पुत्रीले कास्य जित्न सफल हुनुभएको हो
महिलातर्फको १० मिटर एयर राइफल प्रतियोगितामा भारतका रमिता, मेहुली घोष र आशी त्रिकुटले रजत पदक जितेर पहिलो दिनको विजयी सुरुवात गर्नुभएको छ भने भारतीय सेनाका खेलाडीद्वय अर्जुन लाल जाट र अरविन्दले पुरुष लाइटवेट डबल स्कल्समा रजत पदक नै जित्नुभएको छ । रोइङमा नै पुरुषको अर्को टोलीले रजत पदकमा कब्जा जमाएको छ।
भारतीय महिला क्रिकेट टोलीले पनि सेमिफाइनलमा बङ्गलादेशलाई ८ विकेटले पराजित गर्दै रजत पदक सुनिश्चित गरेको छ। हालसम्म भारतले ५ वटा रजत पदक आफ्नो पोल्टामा पारेको छ।