शिक्षा विधेयक नियमित प्रक्रियाबाट टुंगिन्छ : सभामुख

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयक नियमित प्रक्रियाबाट टुङ्ग्याउने बताउनु भएको छ ।

आयरल्याण्डको ५ दिने भ्रमण सकेर आज स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकारी गर्दै यस्तो बताउनुभएको हो । विधेयक सकेसम्म सर्वसम्मत र नभए नियमित प्रक्रियाबाट टुङ्ग्याउने उहाँको भनाइ ।

यस्तै, आयरल्यान्डमा बसोबास गरेका नेपालीहरूको बारेमा त्यहाँका सभामुखको चिन्ता जनाएको उहाँले जानकारी दिनुभयो । आफ्नो देश बनाउन नेपालीहरूको ठुलो योगदान रहेको र उहाँहरूलाई सहुलियत दिएर सकेसम्म उतै राख्न चाहेको कुराकानीमा बताएको घिमिरेले बताउनुभयो ।

तीबाहेक आयरल्यान्ड र नेपालको संसदबीचको सम्बन्ध विस्तार गर्न, नेपालको स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रको विकासमा संसद्, सरकारको तर्फबाट सहकार्य गर्न चाहेको उहाँले सुनाउनुभयो ।

Back to top button