विराटनगरमा दशैं स्ट्रिट फेस्टिवल आयोजना हुँदै

विराटनगर । विराटनगरमा दशैंको अवसर पारेर ‘दशैं स्ट्रिट फेस्टिवल’ आयोजना हुने भएको छ । असोज २८ गते देखी कार्तिक ४ गतेसम्म विराटनगरको हिमालय हल रोडमा फेस्टिवल आयोजना हुने आयोजकले बताएको हो ।

आज विराटनगरको स्वागतम होटलमा फेस्टिवलका आयोजक संस्था भाजु युवराज फाउण्डेसन र मन्जिना मुभिजले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोजकका तर्फबाट जितेन ताम्राकारले दशैंको घटस्थापना देखी फुलपाती सम्म सञ्चालन हुने जानकारी दिनुभएको हो ।

ताम्रकारले फेस्टिवलमा २० देखी २५ वटा स्टलमा विभिन्न जातिको फुड स्टल रह्ने तथा राष्ट्रियरूपमा चर्चित कलाकारहरूको प्रस्तुती रहने बताउनुभएको थियो ।

यस्तै, आयोजकको तर्फबाट बोल्दै युनिस राज श्रेष्ठले हाल देशको अर्थतन्त्र पनि कमजोर अवस्थामा रहेको र दशैंको अवसरमा केही रमाइलो पनि हुने भएकोले फेस्टिवल आयोजना गर्न लागिएको बताउनुभएको थियो ।

Back to top button