बन्यो अध्यक्ष मण्डल, निर्वाचन कार्यक्रम आजै साँझबाट

एमालेको बागमती प्रदेश अधिवेशन

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सञ्चालन गर्नका लागि प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।

सोमवार काठमाडौंमा शुरु भएको अधिवेशनको दोस्रो दिन प्रज्ञा भवनमा बन्दसत्र शुरु भएका छ ।

अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुल बास्कोटा, कमल चौलागाई,रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, पार्वत गुरुङ ,अरुण नेपाल र रत्ना गुरुङ सदस्य रहेका छन् ।

बन्दसत्रमा राजनीतिक, सांगठानिक, आर्थिक र आगामी कार्य योजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत हुने तामाङले बताए ।

नयाँ नेतृत्वका लागि आजै साँझबाट निर्वाचन कार्यक्रम पनि अघि बढ्ने उनले जानकारी दिए ।

Back to top button