प्रधानमन्त्री प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्य जीयाजुनबीच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत रहनुभएका छोङछिङ नगर कमिटीका अध्यक्ष युयान जीयाजुनबीच भेटवार्ता भएको छ ।

भ्रमणको चौँथो दिन राजधानी बेइजिङबाट छोङछुङ प्रस्थान गर्नुभएका प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्य युयानबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्रीलाई छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सका पदाधिकारीले स्वागत गरेका थिए ।

त्यहाँ प्रधानमन्त्री प्रचण्डले वैज्ञानिक एंव आधुनिक कृषि प्रणालीबारे जानकारी लिनुभयो ।

Back to top button