चिकित्सको आन्दोलनमा प्रहरी हस्तक्षेप

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाको राख्दै माइतीघरमा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । शृङ्खलाबद्ध रूपमा देशका विभिन्न भागहरुमा चिकित्सकमाथि निरन्तर भइरहेको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टरहरु आन्दोलित भएका हुन् ।

आफ्नो सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरमा भेला भएका डाक्टर बानेश्वर आउने क्रममा बबरमहलको मुख्य सडकमा निस्किन खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । सो क्रममा डाक्टर प्रहरीबीच ठेलमठेल भएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गर्दै रेजिडेन्ट एसोसिएसन आफ न्याम्स लगायत प्रदर्शनमा उत्रिएका हुन् ।

 

प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए । उपचारका क्रममा डाक्टरहरु कुटिनु दुस्खद कुरा भएको भन्दै आफ्नो सुरक्षाको ग्यारेन्टीका साथै माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूको अडान छ ।

पोखराको मणिपाल अस्पताल, हेटौंडालगायतका स्थानमा सहकर्मीमाथि हातपात भएपछि डाक्टर आन्दोलित भएका छ्न् ।

Back to top button