
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । आन्तरिक छलफलपछि उहाँले आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो।
उम्मेदवारी फिर्ता लिएपछि पाण्डेले आफूले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गर्नुभयो । निर्वाचन अन्तरगत अब ४ जना अध्यक्षका उम्मेदवार कायम राखेका छन् ।
केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि अब कृष्ण दाहाल, केशवबहादुर बुढाथोकी, कैशालप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार बन्नुभएको छ ।
उम्मेदवारको अन्तिम नामावली अहिले दिउँसो ४ बजे प्रकाशन हुने र मतदान साँझ ६ बजेबाट सुरू हुने कार्यतालिका सार्वजनिक गरिएको छ।
यस्तै, निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदान सञ्चालन गर्ने बताइएको छ। यो बीचमा सहमतिको प्रयास समेत जारी छ।