प्रधानमन्त्री प्रचण्डद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आव्हान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आकस्मिक मन्त्रिपरिषद्ब बैठक बोलाउनुभएको छ । साढे १२ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो।

हिजो मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मृल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २, डिजेलमा र मट्टितेलमा ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको हो।

यस्तै, हवाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको छ।

प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा लेखेको छ,‘सरोकारवाला निकायहरूको समेत सुझावको नेपाल आयल निगमले केहि महिना अघि देखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो। तर, केही समय यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ (LPG समेत) मा मुल्यवृद्धि भएको र सोही अनुसार नेपाल आयल निगमले मुल्यवृद्धि गरेको देखियो।

नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ । यो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरि १२ः३० मा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ।’

बैठकमा सुन प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशका विषयमा पनि छलफल हुने जनाइएको छ । आजै बिहान बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सुन प्रकरणमा जाँचबुझ आयोगको कार्यादेशमा सहमति जुटेको हो।

Back to top button