
काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सो विधेयक प्रतिनिधिसभामा पेश गर्नुभएको हो।
मन्त्रिपरिषद्ले पारित गरी उक्त विधेयक यसअघि संघीय संसदमा दर्तामात्र भएको थियो।