
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा निर्वाचन हुने भएको छ ।
प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । ढकाल अहिले केन्द्रीय सदस्य हुनुहुन्छ भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुनुहुन्छ।
निर्वाचन समितिले आजै मतदान गर्नेगरी तयारी थालेको छ । प्रमुख निर्वाचन अधिकृत चुढामणी आचार्यले निर्वाचन समिति आवश्वय तयारीमा लागेको जानकारी दिँदै आज साँझ ५ बजेपछि मतदान सुरु हुने बताउनुभयो ।
उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उहाँ अहिलेको पनि उपाध्यक्ष हो । उहाँ निर्विरोध निर्वाचित भएपनि निर्वाचन समितिले घोषणा गर्न बाँकी छ ।
सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारी हुनुहुन्छ । लामा प्रदेश कमिटीको निवर्तमान उपसचिव हो भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हो ।
यस्तै, दुई उपसचिवका लागि ४ जनाले मनोनयन दर्ता गरेपनि संखुवासभाका भविश्वर गुरुङले उम्मेदवारी फिर्ता लिनुभएको छ । उपसचिवमा मोरङका खेम नेपाली, खोटाङका देवान राई र झापाकी जलबर्षा राजवंशी हुनुहुन्छ ।