
विराटनगर। कोशी प्रदेशको नामकरण पछि चर्किएको पहिचानवादीहरुको आन्दोलन प्रदेशको मुख्य सुरक्षा थ्रेट बन्न सक्ने चिन्ता सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरुले व्यक्त गरेका छन्।
आज कोशी प्रदेशको अन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रदेशको सुरक्षा स्थितिको अवस्था बुझ्न आयोजना गरिएको गोष्ठीमा सुरक्षा निकायका अधिकारीहरुले सो चिन्ता व्यक्त गरेका हुन्।
मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा बोल्दै कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक जयराज सापकोटाले हालै देखिएको पहिचानवादीको आन्दोलन प्रदेशको मुख्य सुरक्षा चुनौती रहेको बताउनुभएको हो।
सापकोटाले पहिचानवादी आन्दोलनकारीले प्रदेशको पहाडी इलाकामा प्रदेश सभाका सदस्यहरु माथि भौतिक आक्रमण गर्ने , कार्यक्रम अबरोध गर्ने जस्तो समस्या देखिएको बताउनु जानकारी दिनु भएको थियो।
सापकोटाले एक तिर पहिचानवादीको आन्दोलन र अर्को तर्फ धार्मिक तथा साम्प्रदायिक शक्तिहरुले टाउको उठाउन थालेकोले यसले विकराल समस्याको रुप लिन सक्ने बताउनु भएको थियो।
गोष्ठीमा बोल्दै शसस्त्र प्रहरी बलका नायव महनिरीक्षक अन्जनी कुमार पोखरेलले पहिचानको आन्दोलनसँगै कोशी प्रदेशमा धार्मिक अतिवाद र साम्प्रदायिक शक्तिहरुको गतिविधि देख्न थालेको बताउनु भएको थियो।
पोखरेलले पहाडी इलाकामा पहिचानवादीहरुले युवा दस्ताका नाममा युवाहरु संगठित गर्नुलाई पनि सुरक्षा निकायले गम्भीर रुपमा लिन थालेको बताउनु भएको थियो। पोखरेलले पहिचानको आन्दोलनको नाममा क्षेत्रिय अतिवादले प्रसय पाउने सम्भावना समेत रहेको बताउनु भएको थियो।
गोष्ठीमा राष्ट्रिय अनुसन्धान आयोगका अनुसन्धान निर्देशक किशोर प्रसाद श्रेष्ठले प्रदेशमा पहिचानवादीको आन्दोलनलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा रहेको प्रस्ट पार्नु भएको थियो।
श्रेष्ठले प्रदेशमा केहि उग्र पहिचानवादको वकालत गर्ने केहि संगठनले आफ्ना गतिविधि तिव्र पारेको भन्दै त्यसले नि समस्या खडा गर्न सक्ने बताउनु भएको थियो। श्रेष्ठले पहिचानको आन्दोलन भन्दै सोसल मिडियामा समेत आराजक गतिविधिको सम्प्रेषण बढ्नु पनि अर्को प्रमुख समस्याको रुपमा रहेको धारणा व्यक्त गर्नु भएको थियो।
मोरङ जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले पहिचानवादीको आन्दोलन कोशी प्रदेशको नामकरण पछि तिव्र बनेको भन्दै त्यसले जिल्लाको सुरक्षामा समस्या देखिएको बताउनु भएको थियो।
यादवले मोरङ जिल्लाको विराटनगर प्रदेशको राजधानी समेत भएकोले आन्दोलनले यस क्षेत्रमा थप सुरक्षा थ्रेट बढाएको जानकारी दिनु भएको थियो भने सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सुनसरी जिल्लामा चर्च र मन्दिर जस्ता विवादले प्रदेशको धार्मिक शहिष्णुतामा असर पुग्ने सक्ने देखिएको बताउनु भएको थियो।
गोष्ठीमा कोशी प्रदेश अन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सुरक्षा निकाय तथा प्रशासन प्रमुखहरुले सुरक्षा सम्बन्धी धारणालाई गम्भीर रुपमा प्रदेश सरकारले ग्रहण गर्ने बताउनु भएको थियो। अधिकारीले अहिले सरकारले प्रदेशको सुरक्षालाई गम्भीर रुपमा लिने र आवश्यक कदम चल्ने आश्वासन समेत दिनु भएको थियो।