
विराटनगर । कोशी प्रदेश सभाको चौथो अधिवेशन आजबाट सुरु हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गर्नुभएको हो ।
सर्वोच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री हुनुभएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।
उहाँले २० असोजमा विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री नियुक्त भएको पनि २० असोजमा ३० दिन पुग्दैछ ।
असोज २० गते नै विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । आजको बैठकमा गत २४ भदौमा सरकारले ल्याएको अध्यादेश टेबल हुनेछ ।
विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनुहुने छ । उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।