गायिका दिलमाया खातीको निधन

काठमाडौं । गायिका दिलमाया खातीको निधन भएको छ । लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति भारतको सिलगुढीमा निधन भएको हो।

करिब डेढ सय बढी नेपाली गीत गाउनुभएकी दिलमायाको ८४ वर्षको उमेरमा निधन भएको हो । उहाँ सन् १९३९ अक्टुबर ६ तारिखमा दार्जिलिङमा जन्मिनुभएको थियो । दिलमायालाई ‘मेलोडी मुन’भनेर पनि चिनिन्छ ।

खाति पहिलो पटक सन् १९६२ मा काठमाडौं आउनुभएको थियो । ‘बिछोडको पीड नसकी खप्न दसैंको बेलामा,ुसम्झेर बुझेर दिइहाल त्यो जोवन, खोलाको दुई किनारा भव तिम्रो र मेरो पिरती,’लगायत उहाँका चर्चित गीतहरू छन्।

उहाँ देवकोटा सम्मान,शिखा सुर सम्मान,लहानी नेपाल सम्मान,गुञ्जन सम्मान र भूपाल संगीत पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।

Back to top button