कोशीका पदाधिकारीलाई सपथ ग्रहण गराउन अध्यक्ष ओली विराटनगरमा

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका पदाधिकारीलाई सपथ ग्रहण गराउन विराटनगर आइपुग्नुभएको छ ।

एमाले मोरङका अध्यक्ष ऋषी पोखरेलका अनुसार कोशी प्रदेशको अधिवेशनबाट अध्यक्षमा निर्वाचित घनश्याम खतिवडालगायतका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई कञ्चनजंघा पार्टी प्यालेस पाञ्चालीमा आयोजीत कार्यक्रममा अध्यक्ष ओलीले सपथ ग्रहण गराएर प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उहाँ आजै १२.४५ मा काठमाडौं फर्कने कार्यक्रम छ ।

एमाले कोशीको अधिवेशन उद्घाटन अध्यक्ष ओलीले असोज १२ गते गर्नुभएको थियो । अधिवेशनले उपाध्यक्षमा टिकाराम चेम्जोङ,सचिवमा राजकुमार भण्डारी उपसचिवमा देवान राई र जलवर्षा राजवंशीलाई सहित २१५ सदस्यीय समिती निर्वाचित गरेको छ ।

Back to top button