एमाले कोशी प्रदेश कमिटीको सपथग्रहण कार्यक्रम सम्पन्न

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश नव-निर्वाचित कमिटीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा नव-निर्वाचित कमिटीको बैठक सम्पन्न भएको हो ।

कार्यक्रमा एमालेका सचिव तथा कोशी प्रदेश ईन्चार्ज रघुविर महासेठले निर्वाचित कमिटीको सपथग्रहण गराउनु भएको हो । सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचित कोशी प्रदेश अध्यक्ष धनश्याम खतिवडाले अधिवेशनले दिएको म्यान्डेट अनुसार आफू अगाडी बढ्ने बताउनुभएको थियो ।

खतिवडाले पार्टीको दसौं महाधिवेशनले दिएको दक्षिणपन्थी अवसरवाद र सङ्गठानात्मक अराजकतावादलाई परास्त गर्ने लक्ष्य आत्मसाथ गर्दै अघि बढ्ने बताउनु भएको थियो ।

कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रदेश कमिटीले गतिशिल भएर आफ्ना विचार तथा कार्यक्रम जनता समक्ष लिएर जानु पर्ने बताउनुभएको थियो । कार्यक्रमम एमाले अध्यक्ष ओलीले प्रदेश कमिटीलाई शुभकामना दिनु साथै निर्वाचितलाई प्रमाणपत्र वितरण समेत गर्नु भएको थियो ।

Back to top button