
विराटनगर । विराटनगर मेट्रो लायन्स क्लबले जनता नमुना माविमा अध्ययनरत प्राथमिक तहका विद्यार्थीहरुलाइ स्टेशनरी तथा ब्याग वितरण गरेको छ । विराटनगर– २ स्थित उक्त विद्यालयमा आयोजित कार्यक्रम क्लबका अध्यक्ष लायन बलराम गिरीको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा डिस्ट्रिक गभर्नर बिजयहरी शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजबिक्रम शाह, प्रधानाध्यापक ईश्वर घिमिरे, महानगर शिक्षा शाखा प्रमुख सुशील दाहाल ,समाजसेवी देवेश प्रधान, लियो सेन्ट्रलका अध्यक्ष जीवन यादव र संस्थापक अध्यक्ष कैलाश खाकी श्रेष्ठलगायतको उपस्थिति थियो ।
विराटनगर मेट्रो लायन्स सेवा मुलक संस्था रहेको भन्दै कार्यक्रमका सभापति बलराम गिरीले विद्यार्थीको सर्वाङ्गिण विकास आवश्यक छ भन्ने मान्यताका साथ क्लबले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा समेत सामाजिक कार्यमा सक्रिय रहने बताउनुभयो ।
डिस्ट्रिक गभर्नर बिजयहरी शर्माले आफू सोही विद्यालयको पूर्व विद्यार्थी रहेको स्मरण गर्दै लायन्स सामाजिक कार्यमा सधै अग्रणी सस्थाका रुपमा रहेको भन्दै सोहि अनुसारका सामाजिक कार्यमा सक्रिय रहने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज विक्रम शाहले सामाजिक कार्यका लागि जनता स्कुल छनोट गरेकोमा आभार ब्यक्त गर्दै क्लबले गर्ने कार्यमा आफ्नो समेत सहयोग रहने बताउनुभयो ।
संस्थापक अध्यक्ष कैलाश खाकी श्रेष्ठले आठ वर्षसम्म निरन्तर क्लबले कार्य गरेर समाजमा छुट्टै पहिचान बनाउन सफल भएको चर्चा गर्दै अध्यक्ष बलराम गिरिले त्यसमा एउटा इट्टा थप्ने कार्य गरेको बताउनुभयो ।
यसैबिच बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । जसमा बबिता राजवंशी प्रथम, कमला निरौला द्धित्तिय र समीर राजवंशी तृतिय हुनुभयो ।