कोशी प्रदेश सभाको बैठक कार्तिक १ गते बस्ने

विराटनगर। कोशी प्रदेश सभाको बैठक कार्तिक १ गते बस्ने भएको छ । असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कार्तिक १ गते बस्ने भएको हो।

कोशी प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले जारी गर्नु भएको सूचना अनुसार कोशी प्रदेशसभाको चौथौं अधिवेशनको तेस्रो बैठक कार्तिक १ गते बस्ने जनाइएको छ । बैठक कार्तिक १ गते दिउँसो ११ बजे देखि बस्ने भएको हो।

 

प्रदेशसभाको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना रहेको छ। कार्तिक २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको कार्कीले १ महिना भित्र विश्वासको मत लिनु पर्ने सैबधानिक व्यवस्था रहेको छ।

Back to top button